सेतो शिखर नेपालको शान
समाज परिवर्तनमा हाम्रो नौलो अभियान

कोरियामा बृहत साहित्य मेला हुँदै

सौल दक्षिण कोरिया ,
नेपाल मुक्तक प्रतिष्ठान ,दक्षिण कोरिया शाखाले कोरियन चाड छुसकको अवसर पारेर “बृहत साहित्य मेला” आयोजना गर्दैछ । नेपाली मुक्तकको बिकास र बिस्तारको लागी नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया ,मुख्य नारा दिईएको “बृहत साहित्य मेला ” आउँदो महिना सेप्टेम्बेर १३ मा कोरियाको राजधानी सौल को तुङ्गमुन स्थित नेपाल हाउसमा हुनेछ

कोरियामा रहेर साहित्य क्षेत्रमा कलम चलाईरहेका सम्पुर्ण सर्जकहरुलाई समेट्ने आयोजकले जनाएको छ । कोरियामा रहेर साहित्य क्षेत्रमा कलम चलाईरहेका साथै साहित्यलाई माया गर्नुहुने सम्पूर्ण साहित्यप्रेमी मनहरुलाई यस कार्यक्रममा उपस्थिति जनाईदिनुहुनका लागी आयोजकले निमन्त्रणा गरेको छ ।

कार्यक्रममा प्रमुख सर्जकहरु : कविता तर्फ :जीवन खत्री,पराजित पोमु र मिलन कान्छा किराँती ले कविताको मिठो स्वाद चखाउने छन् भने गजल तर्फ जीवन भण्डारी , संजय र सरोज सर्वहाराले गजल पस्कनुका साथै दिपक रावल ,तपेन्द्र बिष्ट र शुसिल अर्यालले मुक्तक सुनाउनेछन । यसको साथै कोरियामा रहेर कलम चलाईरहेका सम्पुर्ण सर्जकहरुका सिर्जनाहरुले स्थान पाउनेछन्

कार्यक्रमको बारेमा :
मिति : २०१९-०९-१३ शुक्रबार
समय: बिहान ठिक १० बजे
स्थान: सौल नेपाल हाउस “दोंम्यो अफ स्टेशनको गेट नं:४ बाट नजिकै

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय